Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसम्बन्धी कानून संशोधन विधेयक आज संसदमा

अर्थ संसार

विहीबार, १४ साउन २०८३, ०७ : ५० मा प्रकाशित

अर्थसम्बन्धी कानून संशोधन विधेयक आज संसदमा

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा अर्थसम्बन्धी कानून संशोधनसँग सम्बन्धित विधेयकसहित विभिन्न विषय कार्यसूचीमा समावेश गरिएको छ।

संसद् सचिवालयका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसैगरी, बैठकमा सभामुख डोलप्रसाद आचार्य ले प्रतिनिधिसभाका पूर्व सदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठ को निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको