अर्थ संसार, काठमाडौं – गत साता पनि दोहोरो अंकले बढेर बन्द भएकाे र हिजाे (आइतबार) पनि दोहोरो अंकले बढेकाे शेयर बजारले आज साेमबार भने उकालो यात्रामा ब्रेक लगाएर ओरालाे यात्रा तय गरेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले घटेर एक हजार ४६२.४८ मा पुगेकाे छ । नेप्से ०.१८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.२२ अंकले घटेर ३०७.३१ मा पुगेको छ ।
कूल १८७ वटा कम्पनीकाे ४२ लाख ५७ हजार १ सय ६१ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ८ वटा उपसमूहको शेयर घटेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर बढेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस