अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (साेमबार) अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।
स्टकको अनुसार कम्पनीकाे १ कराेड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि ९७ रूपैयाँदेखि अधिकतम २९१ रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँ कायम भएको १ कराेड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएकाे हाे । कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत सर्वसाधारण समक्ष ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको ७० लाख कित्ता शेयर समेत गरि जम्मा १ कराेड कित्ता शेयर वितरण भई नेप्सेमा सूचीकरण भएको हाे ।
शेयर सूचीकरण सम्झौता पत्रमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मूख्य प्रबन्धक कम्पनी सचिव बैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता रहेकाे थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस