अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे शेयर कारोबार नहुने भएकाे छ । प्रि ओपनिङ्ग सेसनमा शेयर किनबेच नभएकाले मंगलबार कम्पनीकाे शेयर कारोबार नहुने भएकाे हाे ।
नेप्सेमा हिजाे कम्पनीकाे १ कराेड कित्ता साधारण शेयर (आइपिओ) आज मंगलबारदेखि दोस्रो बजारमा शेयर कारोबार हुने गरी सूचिकृत भएको थियाे । तर शेयर सूचिकृत भएपश्चात सर्वप्रथम प्रि ओपनिङ्ग सेसनमा कारोबार हुनुपर्ने व्यवस्था अनुसार आज प्रि ओपनिङ्ग सेसनमा शेयर किनबेच नभएकाले कारोबार हुन नसकेकाे हाे ।
कम्पनीले हिजाे सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको ७० लाख कित्ता शेयर समेत गरि जम्मा १ कराेड कित्ता शेयर वितरण भई नेप्सेमा सूचीकरण गराएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि ९७ रूपैयाँदेखि अधिकतम २९१ रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस