Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा आरम्भ चौतारी लघुवित्तको शेयर सूचिकृत, कतिमा खुल्छ कारोबार ?

निशा हुमाँगाई

मंगलबार, १३ साउन २०७७, १२ : ५९ मा प्रकाशित

नेप्सेमा आरम्भ चौतारी लघुवित्तको शेयर सूचिकृत, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार, काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे २६ लाख ३४ हजार ४ सय ८० कित्ता शेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

त्यसैगरी, नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि ४४८ दशमलव ०७ रूपैयाँ मूल्य ताेकेकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको