Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको वेबसाइटबाट डाटा चोर्ने प्रयास

निशा हुमाँगाई

मंगलबार, १३ साउन २०७७, १३ : ५१ मा प्रकाशित

नेप्सेको वेबसाइटबाट डाटा चोर्ने प्रयास

अर्थ संसार, काठमाडौं – पछिल्लाे समय  नेपाल स्टक एक्सचेन्ज (नेप्से) काे वेबसाइटमा समस्या देखिने गरेकाे हामी सबैलाई यथावत नै छ । साेही विषयमा बाेल्दै मंगलबार नेप्सेले एउटा विज्ञप्ति सार्वजनिक गरेकाे छ ।

पछिल्लाे समय नेप्सेको वेबसाइटमा कारोबार विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने जस्ता समस्याहरूकाे विषयमा अध्ययन गर्दा नेप्सेकाे दुवै वेबसाइटबाट विभिन्न काेड प्रयाेग गरी अनधिकृत रूपमा ठूलाे परिमाणमा विवरण तान्ने प्रयास निरन्तर रूपमा भइरहेकाे पाइएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

यस्ता कोड प्रयोग गरी अनधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा अवरुद्द गर्ने प्रयासलाई रोकथाम गर्न तत्काललाई प्राविधिक उपाय अपनाइरहेकाे नेप्सेले जनाएकाे छ । यसका साथै, आगामी दिनमा पनि यस्ता अवैध प्रयास जारी रहेमा कानुनी कारबाहीकाे प्रक्रियामा जाने नेप्सेले चेतावनी दिएको छ ।

नेप्सेले सार्वजनिक गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको