अर्थ संसार, काठमाडौं – युरोपेली केन्द्रीय बैंक (इसीबी) ले युरोपेली युनियन अन्तर्गतका देशहरुमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वितरण नगर्न आग्रह गरेको छ ।
कोरोना भाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न तथा आर्थिक क्षेत्रमा पर्याप्त सुरक्षा व्यवस्था अपनाउन यस्तो आग्रह गरिएको हो । इसीबीले यसअघि पनि लाभांश भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो । यो निर्णय आगामी अक्टोबर २०२० सम्मका लागि जारी गरिएको थियो ।
इसीबीले मंगलबार जारी गरेको विज्ञप्तिमा कोरोना कालमा बैंकहरुमा पुगेको नोक्सानीबाट माथि उक्लिन तथा मुलुकहरुका अर्थतन्त्रलाई मद्दत गर्न पनि बोनस वा नगद लाभांश वितरण रोक्नु परेको उल्लेख छ । – (एएफपी)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस