Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा आजदेखि आरम्भ चौतारी लघुवित्तको कारोबार खुल्ने, कतिमा खुल्छ कारोबार ?

निशा हुमाँगाई

बुधबार, १४ साउन २०७७, १० : ३७ मा प्रकाशित

दोस्रो बजारमा आजदेखि आरम्भ चौतारी लघुवित्तको कारोबार खुल्ने, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) बाट आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कारोबार खुल्ला हुने भएकाे छ । संस्थाले हिजाे नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।

मंगलबार आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे २६ लाख ३४ हजार ४ सय ८० कित्ता शेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि ४४८ दशमलव ०७ रूपैयाँ मूल्य ताेकेकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको