Like us!
Follow us!
Connect us!
Watch us!

हाेसियार, स्वीकृति प्राप्त नगरेका कम्पनीको शेयरमा लगानी गर्दा पछि पछुताउनु पर्ला !

निशा हुमाँगाई

बुधबार, १४ साउन २०७७, ११ : ५३ मा प्रकाशित

हाेसियार, स्वीकृति प्राप्त नगरेका कम्पनीको शेयरमा लगानी गर्दा पछि पछुताउनु पर्ला !

अर्थ संसार, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्डले बोर्डबाट स्वीकृति प्राप्त नगरेका कम्पनीहरूले निष्कासन गरेका शेयरमा लगानी नगर्नका लागि लगानीकर्ताहरुलाई आग्रह गरेकाे छ ।

बोर्डले बुधबार एक सूचना प्रकाशन गर्दै केही समययता विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरूमा विदेशमा दर्ता भएका सगुन इन्कर्पोरेशनजस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धिताेपत्रकाे सार्वजनिक निष्कासन जारी गरेकाे समाचारप्रति बार्डकाे गम्भिर ध्यानकर्षण भएको जनाएकाे छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्कासन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९ (१) मा संगठित संस्थाले एकपटकमा पचास जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था रहेको बताउँदै बाेर्डले बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्कासनमा मात्र लगानी गर्न सर्वसाधारण लगानीकर्ताहरुलाई अनुरोध गरेकाे छ ।

त्यसैगरी, बाेर्डले प्रचलित कानुन बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्कासनमा लगानीकर्तालाई लक्षित गरी कुनै पनि व्यक्ति वा संस्थाले सञ्चारका माध्यम मार्फत त्यस्तो सूचना तथा विज्ञापन प्रकाशन तथा सम्प्रेषण नगर्न नगराउन समेत बाेर्डले आग्रह गरेकाे छ ।

बाेर्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको