Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा दोहोरो अंककाे गिरावट !

निशा हुमाँगाई

बुधबार, १४ साउन २०७७, १४ : ५७ मा प्रकाशित

शेयर बजारमा दोहोरो अंककाे गिरावट !

अर्थ संसार, काठमाडौं – आज (बुधबार) पनि शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । 

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक २३.३६ अंकले घटेर एक हजार ४३१.५२ मा पुगेकाे छ । नेप्से १.६१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अंकले घटेर ३००.४९ मा पुगेको छ ।

कूल १८७ वटा कम्पनीकाे ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर घटेकाे छ ।

बुधबार बैंकिङ २१.७६ अंक, व्यापार ११.२४ अंक, होटल ५९.५ अंक, विकास बैंक २१.५५ अंक, जलविद्युत २.२४ अंक, फाइनान्स ६.४२ अंक, निर्जिवन लाइफ १५९.८७, उत्पादन ४९.७ अंक, अन्य १.८८ अंक, माइक्रोफाइनान्स ५५.६९ अंक, लाइफ इन्स्योरेन्स १९०.८२ अंक र सामूहिक लगानी कोष समूह ०.१६ अंकले घटेको छ ।

यसैगरी, स्टकका अनुसार बुधबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर काराेबार भएकाे छ । कम्पनीकाे १५ करोड ७१ लाख १०५ रूपैयाँ बराबरकाे कारोबार भएको हाे ।

           हेराैं आजकाे शेयर तालिका :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको