Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको हकप्रदले कति पायो रेटिङ ?

निशा हुमाँगाई

विहीबार, १५ साउन २०७७, १२ : ४१ मा प्रकाशित

नेपाल फाइनान्सको हकप्रदले कति पायो रेटिङ ?

अर्थ संसार, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ ।

कम्पनीले १ बराबर १.२५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।

कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको