Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन बल्ल हरियो भयो बजार !

निशा हुमाँगाई

विहीबार, १५ साउन २०७७, १४ : ५६ मा प्रकाशित

साताको अन्तिम दिन बल्ल हरियो भयो बजार !

अर्थ संसार, काठमाडौं – लगातार केही दिनबाट ओरालो लागेको शेयर बजार साताको अन्तिम दिन आज (बिहिबार) बल्ल हरियो भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ७.५३ अंकले बढेर एक हजार ४३९.०६ मा पुगेकाे छ । नेप्से ०.५३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.४६ अंकले बढेर ३००.९५ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीकाे ३४ लाख ३० हजार ५ सय ३२ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६ सय ७८ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर बढेकाे छ ।

बिहीबार बैंकिङ ५.०३ अंक, व्यापार ३.७ अंक, होटल १३.८८ अंक, विकास बैंक ०.९२ अंक, जलविद्युत ७.४२ अंक, फाइनान्स ५.९५ अंक, निर्जिवन लाइफ ५०.४६, उत्पादन २७.१८ अंक, अन्य ४.७ अंक, माइक्रोफाइनान्स १५.०२ अंक, लाइफ इन्स्योरेन्स ५५.४९ अंक र सामूहिक लगानी कोष समूह ०.०७ अंकले बढेकाे छ ।

 हेराैं आजकाे शेयर तालिका :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको