Web Analytics Made Easy - StatCounter
सोमबार, २६ साउन २०७७
समता लघुवित्तले धमाधम पठाउँदै बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्
शुक्रबार, १६ साउन २०७७

अर्थ संसार, काठमाडौं – समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा गर्न थालेको छ ।

संस्थाको गत पुस २९ गते सम्पन्न भएकाे छैठाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ५ प्रतिशत बाेनस शेयर गत पुस १८ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, संस्थाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । संस्थाकाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

 

 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved