Like us!
Follow us!
Connect us!
Watch us!

बल्ल भयो अजोड इन्स्योरेन्सको शेयर कारोबार

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, ११ : २७ मा प्रकाशित

बल्ल भयो अजोड इन्स्योरेन्सको शेयर कारोबार

अर्थ संसार, काठमाडौं –   धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) बल्ल अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे शेयर कारोबार भएकाे छ ।

श्रावण १३ गते, मंगलबारबाट कारोबार हुने गरी सूचिकृत भएकाे अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे शेयर प्रि ओपनिङ्ग सेसनमा कारोबार नभएकाले हालसम्म पनि कारोबार हुन सकेकाे थिएन । सुचीकृत भएपश्चात दोस्रो बजारमा कारोबार खुलेको चौथो दिन बल्ल अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे शेयर कारोबार भएकाे हाे ।

 स्टकका अनुसार आज (आइतबार) को स्पेशल प्रि ओपनिङ्ग सेसनमा सो कम्पनीको २९१ रुपैयाँमा १३० कित्ता शेयर खरिद बिक्री भएको छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि ९७ रूपैयाँदेखि अधिकतम २९१ रूपैयाँसम्मको सिमा प्रदान गरिएकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको