Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको अधिकांश सूचकमा गिरावट (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, १४ : ४० मा प्रकाशित

आरएमडीसी लघुवित्तको अधिकांश सूचकमा गिरावट  (विवरणसहित)

अर्थ संसार, काठमाडौं – आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको अधिकांश सूचक घटेको छ ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २८ करोड ५१ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १३.३८ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३२ करोड ९२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी ५.२ प्रतिशतले घटेर ४६ करोड २ लाख ७४ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४८ करोड ५९ लाख ४७ हजार रुपैयाँ व्याज आम्दानी गरेकाे थियो । 

संस्थाकाे सञ्चालन मुनाफा पनि ६.२ प्रतिशतले घटेर ४५ करोड २२ लाख २० हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा ४८ करोड २५ लाख २६ हजार रुपैयाँ रहेकाे थियो । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ, जगेडा कोषमा १  अर्ब ६९ करोड ९९ लाख ६१ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ २८९ रुपैयाँ ३ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको