Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा आगलागी !

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, १५ : १० मा प्रकाशित

शेयर बजारमा आगलागी !

अर्थ संसार, काठमाडौं – काराेबारकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । आइतबार शेयर बजार  दोहोरो अंकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४२.७८ अंकले घटेर एक हजार ३९६.२८ मा पुगेकाे छ । नेप्से २.९७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.१८ अंकले घटेर २९२.७७ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीकाे ४६ लाख ६१ हजार ६ सय ०८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर घटेकाे छ ।

आइतबार बैंकिङ ४१.४८ अंक, व्यापार १६.७ अंक, होटल ७१.४३ अंक, विकास बैंक ५४.४ अंक, जलविद्युत १४.४१ अंक, फाइनान्स १४.२५ अंक, निर्जिवन लाइफ २३१.६६, उत्पादन ६६.६२ अंक, अन्य १२.२६ अंक, माइक्रोफाइनान्स ७४.७७ अंक, लाइफ इन्स्योरेन्स २८३.८ अंक र सामूहिक लगानी कोष समूह ०.०७ अंकले घटेको छ ।

   हेराैं आजकाे शेयर तालिका :

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको