Like us!
Follow us!
Connect us!
Watch us!

यी ६ वटा कम्पनीको शेयर किन्न लगानीकर्ताबीच होडबाजी !

अर्थ संसार

आइतबार, १८ साउन २०७७, २० : ११ मा प्रकाशित

यी ६ वटा कम्पनीको शेयर किन्न लगानीकर्ताबीच होडबाजी  !

अर्थ संसार, काठमाडौं - ४३ अंकले घटेको शेयर बजारमा सवै भन्दा धेरै ६ वटा कम्पनीले धेरै शेयर कारोबार गरेका छन् ।  नेप्सेको अनुसार कारोवारका आधारमा आइतबार पनि पुनबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको कूल  २२ करोड ६५ लाख १७ हजार ७५ बराबरको कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स  १४ करोड ५६ लाख ८२ हजार ५४३, एनएमबी बैंक रु आठ करोड ४१ लाख ७२ हजार ८६५, हिमालयन डिस्टिलरी  सात करोड ३५ लाख १२ हजार २५६, एनआइसी एशिया बैंक  छ करोड ९९ लाख २६ हजार ३५०, र शिखर इन्स्योरेन्स कम्पनीको  छ करोड ४१ लाख चार हजार १५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार कूूल १८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता शेयर रु एक अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ मूल्यमा खरिद बिक्री भए । 

आज कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४१.४८, व्यापार १६.७, होटल ७१.४३, विकास बैंक ५४.४, जलविद्युत् १४.४१, वित्त १४.२५, निर्जीवन बीमा २३१।६६, उत्पादन ६६.६२, अन्य १२।२६, लघुवित्त ७४.७७, जीवन बीमा २८३ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ । 

कारोवारका आधारमा आज चौतारी लघुवित्त ९.९८, अजोड इन्स्योरेन्स ९.९७, नेपाल फाइनान्स ९.६३, छ्याङदी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए । त्यस्तै, जोशी हाइड्रो पावर ९.७२, ओरियन्टल होटल ७.८८, हिमालन ऊर्जा ७.८४, खानीखोला हाइड्रोपावर ७.२७, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ६.४९ प्रतिशतले कमाए । 

यो पनि पढ्नुहोस्

नेप्सेमा ४ लाख ४३ हजार कित्ता बाेनस शेयर सूचिकृत 

एनआरएन इन्फ्रास्टक्चरको आइपिओमा तेस्रो पनि लगानीकर्ताको उस्तै अ‌ाेइराे, मागभन्दा २.३८ गुणा बढी आवेदन 

शेयर बजारमा आगलागी ! 

बल्ल भयो अजोड इन्स्योरेन्सको शेयर कारोबार 

 

 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको