Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा २६.४१ % बढ्यो, ८ अर्बको आइपिओ निश्कासन गर्दै

अर्थ संसार

सोमबार, १९ साउन २०७७, ०९ : ५९ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा २६.४१ % बढ्यो, ८ अर्बको आइपिओ निश्कासन गर्दै

अर्थ संसार, काठमाडौं-  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा ८४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले ६७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले गत वर्षभन्दा  खुद नाफा २६.४१ प्रतिशतले बढाउन सफल भएको छ।

बैंकले समीक्षा अवधिसम्म २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले २० करोड निक्षेप संकलन गरी ७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ७१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो मुनाफा ९६ करोड १२ लाख रुपैयाँमा सीमित थियो। 

यस अवधिसम्म बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद ब्याज आम्दानीबापत आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको थियो।

बैंकले रिजर्भको आकार १०६.९७ प्रतिशतले बढाउँदै १ अर्ब ६३ करोड रुपैयाँको बनाएको छ। अघिल्लो वर्ष बैंकको रिजर्भ ७८ करोड ९८ लाख रुपैयाँको थियो।बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७.०६ रुपैयाँ रहेको छ। 

बैंकले निकट भविष्यमै ८ अर्ब रुपैयाँको आइपिओ निष्कासन गर्न तयारी गरिरहेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरिसकिएको छ।

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको