Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि, कति पुग्यो मूल्य ?

अर्थ संसार

सोमबार, १९ साउन २०७७, १३ : १९ मा प्रकाशित

अजोड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि, कति पुग्यो मूल्य ?

अर्थ संसार, काठमाडौं- यो साताको आइतबारदेखि दोस्रो बजार नेप्सेमा कोरोबार शुरु भएको अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमा लगानीकर्ता झुमिएका छन् ।

अजोडको शेयर सोमबार (आज) पनि लगानीकर्ताको रोजाइमा परेको छ । कोरोबार शुरु भएको केही घण्टामै अजाडे इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यो समाचार तयार पर्दासम्म अजोडको शेयर मूल्य प्रतिकित्ता सोमबार ३२ रुपैयाँले बढेर ३५२ रुपैयाँ पुगेको छ । 

श्रावण १३ गते, मंगलबारबाट कारोबार हुने गरी सूचिकृत भएको अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर प्रि ओपनिङ्ग सेसनमा कारोबार नभएकाले हालसम्म पनि कारोबार हुन सकेको थिएन । 

स्टकका अनुसार आइतबारको स्पेशल प्रि ओपनिङ्ग सेसनमा सो कम्पनीको २९१ रुपैयाँमा १३० कित्ता शेयर खरिद बिक्री भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९७ रूपैयाँदेखि अधिकतम २९१ रूपैयाँसम्मको सिमा प्रदान गरिएको थियो ।

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको