Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको आइपिओ शेयरधनीको डिम्याट खातामा

निशा हुमाँगाई

सोमबार, १९ साउन २०७७, १४ : १२ मा प्रकाशित

साधना लघुवित्तको आइपिओ शेयरधनीको डिम्याट खातामा

अर्थ संसार, काठमाडौं – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते आइतबारदेखि निष्कासन गरेको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीकाे आइपिओलाई ‘एसडिएलबिएसएल’ संकेत प्रदान गरिएको छ । हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । 

असार २९ गते, साेमबार बाँडफाँड गरिएकाे उक्त आइपिओमा ६६ हजार १ सय ५२ जना लगानीकर्ताहरुले १० कित्ताका दरले हात पारेका थिए भने बाँकी ३ लाख ८१ हजार ६ सय ९७ जना आवेदकको हात खाली भएको थियाे । 

लघुवित्तले निष्कासन गरेको साधारण शेयर (आइपिओ) मा ४ लाख ५८ हजार ६४३ जना लगानीकर्ताहरुले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका थिए । जुन मागभन्दा १७ दशमलव ०२ गुणा धेरै हो । जसमध्ये १० हजार ३१ हजार जनाको आवेदन रद्द भएको थियाे ।

लघुवित्तले असार २१ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको  मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारण शेयरधनीहरुलाई छुट्याएकाे थियाे ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको