अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक ७.५९ अंकले बढेर एक हजार ४०३.८६ मा पुगेकाे छ । नेप्से ०.५४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अंकले बढेर २९४.२४ मा पुगेको छ ।
कूल १९० वटा कम्पनीकाे ५३ लाख ४२ हजार ८ सय ५१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २९ करोड २ लाख ५२ हजार २ सय १३ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ९ वटा उपसमूहको शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस