Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले थप्याे एटिएम

निशा हुमाँगाई

सोमबार, १९ साउन २०७७, १६ : ०८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले थप्याे एटिएम

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरू गरेको छ । याे सँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ । उक्त एटिएम सेवा उदयपुर जिल्ला अदालतका माननिय न्यायधीश दिपक खनाल र मनोज के.सी.ले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरूका साथै अन्य सर्वसाधारण ग्राहकहरूलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । 

बैंकले हाल देशैभरी ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा  शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको