Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीको सवै भन्दा धेरै भयो कारोबार

अर्थ संसार

सोमबार, १९ साउन २०७७, १८ : ३३ मा प्रकाशित

यी कम्पनीको सवै भन्दा धेरै भयो कारोबार

अर्थ संसार, काठमाडौं- साताको दोस्रो दिन सोमबार धितोपत्र बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ७.५९ अङ्कले बढेर एक हजार ४०३.८६ पुगेको छ ।कारोबार रकमका आधारमा सोमबार प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर  ३४ करोड २९ लाख ६० हजार ५०० मा खरिदबिक्री भयो ।

यस्तै नेपाल पुनःबीमा कम्पनीको  १० करोड चार लाख १७ हजार ६३९, नेपाल लाइफ इन्स्योरेन्सको रु छ करोड ३२ लाख १४ हजार ८८, एनआइसी एसिया बैंकको रु पाँच करोड १५ लाख ५१ हजार ७६६, एनएमबी बैंकको रु चार करोड ५५ लाख ७९ हजार ३४८ र नविल बैंकको शेयर रु तीन करोड ४९ लाख ३७ हजार ४४४ मा खरिद बिक्री भयो । 

यस्तै सेन्सेटिभ परिसूचक १.४७ अङ्कले बढेर २९४.२४ पुगेको छ । आज कूल १९० कम्पनीका ५३ लाख ४२ हजार ५८१ कित्ता शेयर रु एक अर्ब २९ करोड दुई लाख २५ हजार २१३ मा खरिदबिक्री भए । आज कारोबार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको