अर्थ संसार, काठमाडौं - आज पाचाैँ दिनसम्म पनि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्कासन गरेकाे साधारण शेयर (आइपिओ) मा आवेदनको उस्तै वर्षात् लागेकाे छ ।
पाचाैँ दिन आज (मंगलबार) बेलुका ५:०० बजेसम्ममा ३ लाख ३४ हजार २ सय ९२ जना आवेदकले १ कराेड ४० लाख ५३ हजार ७ सय ६० कित्ताको लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलले जानकारी दिएकाे छ ।
कम्पनीले गत शुक्रबारदेखि प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेकाे हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेकाे हो ।
उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेकाे छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
लगानीकर्तालाई प्रत्येक वर्ष प्रतिफल दिन्छौँ, ढुक्क भएर आइपिओमा लगानी गर्नुहोस्
कति दिने आवेदन ?
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम ३१ लाख ४० हजार १८० कित्ता कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिनेआवेदन ?
लगानीकर्ताले आईपीओमा छिटोमा साउन २१ गतेसम्म र ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
आईपीओकाे बारेमा अन्य विवरण तलकाे भिडियाे मार्फत हेर्न सक्नुहुनेछ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस