अर्थ संसार, काठमाडौं – महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले साताैं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाकाे श्रावण १९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे साताैं वार्षिक साधारण सभा भाद्र १३ गते शनिबार केन्द्रिय कार्यालय, चित्लाङ्ग, थाहा नगरपालिका ९ मकवानपुरमा बिहानकाे ११ बजेबाट सुरू हुनेछ ।
यसअघि चैत्र २२ गते शनिबारका दिन ओम अध्याय रिट्रिट रिसाेर्ट, बज्रबाराही, थाहा नगरपालिका ६ मकवानपुरमा गर्ने भनिएकाे वार्षिक साधारण सभा हाल विश्वभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले Covid-19 संक्रमण, राेकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले लकडाउनकाे घाेषणा गरेकाले स्थगित गरिएकाे थियाे ।
त्यसैगरी, संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बाेनस शेयर तथा ७.५ प्रतिशत नगद लाभांश (कर प्रयाेजन समेत) वितरण गर्ने भएकाे छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि संस्थाले चैत्र ४ गते एक दिनका लागि संस्थाकाे शेयर दाखिल खारेज बन्द गरेकाे थियाे । तसर्थ चैत्र ३ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस