Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, १० : २१ मा प्रकाशित

प्रभु क्यापिटलका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

अर्थ संसार, काठमाडौं -  प्रभु क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क श्रावण ३२ गतेसम्म बुझाउन आग्रह गरेको छ ।

प्रभु क्यापिटल लिमिटेड तथा प्रभु बैंक लिमिटेडकाे शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खाेलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७६/०७७ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था उक्त शुल्क बुझाउन आग्रह गरिएकाे हाे ।

हितग्राहीहरुले प्रभु क्यापिटल लिमिटेड तथा प्रभु बैंक लिमिटेडकाे आफूलाई पायक पर्ने नजिकैकाे शाखा कार्यालयहरूमा सम्पर्क राखी भुक्तानी गर्न सक्नेछन् ।तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने पनि सूचनामा उल्लेख छ ।

मेरो शेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको