Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीले पायाे विद्युत नियमन आयोगबाट हकप्रदको अनुमति

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, ११ : ५९ मा प्रकाशित

अरुण भ्यालीले पायाे विद्युत नियमन आयोगबाट हकप्रदको अनुमति

अर्थ संसार, काठमाडौं – अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद शेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ । विद्युत नियमन आयोगले श्रावण १६ गते शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण भ्याली हाइड्रोपावरलाई अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीले ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । उक्त हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

तर कम्पनीले हालसम्म हकप्रद शेयर निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन भने दिइसकेको छैन । कम्पनीले बोर्डमा निवेदन दिई स्वीकृती पाएपश्चात हकप्रद शेयर निष्कासन गर्नेछ । 

हाल ९३ करोड ३० लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ६८ लाख रूपैयाँ रहेकाे छ । 

हेर्नुहाेस् सूचना :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको