Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा दोहोरो अंककाे गिरावट !

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, १५ : ४८ मा प्रकाशित

शेयर बजारमा दोहोरो अंककाे गिरावट !

अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएकाे छ । 

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक २१.६१ अंकले घटेर एक हजार ३८२.२५ मा पुगेकाे छ । नेप्से १.५४ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६१ अंकले घटेर २९६.७३ मा पुगेको छ ।

कूल १८६ वटा कम्पनीकाे ३४ लाख ४७ हजार ७ सय ६५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २३ करोड ३९ लाख ६३ हजार ९ सय ३४ रुपैयाँको कारोबार भएकाे छ । 

           हेराैं आजकाे शेयर तालिका :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको