Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्टक्चरको आइपिओमा मागभन्दा ५.२४ गुणा बढी आवेदन, शेयर पाउनलाई भाग्यमा भर पर्नुपर्ने !

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, १८ : १५ मा प्रकाशित

एनआरएन इन्फ्रास्टक्चरको आइपिओमा मागभन्दा ५.२४ गुणा बढी आवेदन, शेयर पाउनलाई भाग्यमा भर पर्नुपर्ने !

अर्थ संसार, काठमाडौं - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण शेयर (आइपीओ) काे आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले  निष्कासन गरेकाे आइपीओमा अन्तिम दिन आज (बुधबार) साँझ ५ बजेसम्ममा ४ लाख २८ हजार १ सय ५३ जना आवेदकले ६५ लाख ६७ हजार ६ सय कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धकसानीमा क्यापिटलले जानकारी दिएकाे छ । तर अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।

कम्पनीले गत शुक्रबारदेखि प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२  कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । 

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेकाे छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

लगानीकर्तालाई प्रत्येक वर्ष प्रतिफल दिन्छौँ, ढुक्क भएर आइपिओमा लगानी गर्नुहोस् 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको