Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १३ : १९ मा प्रकाशित

नेप्सेमा ७ वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ७ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, सोल्टी होटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, कुमारी बैंक लिमिटेड र एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडको शेयर सूचिकृत भएको हाे ।

यस साता नेप्सेमा सूचिकृत भएको शेयर विवरण तल उल्लेख गरिएकाे छ :

१. समिट लघुवित्त वित्तीय संस्था लिमिटेड = ४ लाख ४३ हजार कित्ता बाेनस शेयर 

२. सोल्टी होटल लिमिटेड = १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता बाेनस शेयर

३. साधना लघुवित्त वित्तीय संस्था लिमिटेड = २१ लाख ७७ हजार ८ सय कित्ता साधारण शेयर (आइपिओ)

४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड = ३ लाख ८६ हजार ६ सय १ दशमलव २५ कित्ता बाेनस शेयर

५. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड = ५ लाख ११ हजार ९ सय ८९ कित्ता बाेनस शेयर

६. एक्सेल डेभलपमेण्ट बैंक लिमिटेड = ११ लाख ८४ हजार ४ सय ७२ दशमलव ५० कित्ता बाेनस शेयर

७. कुमारी बैंक लिमिटेड = देव : विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको नामबाट २ करोड ९६ लाख ५९ हजार १९० दशमलव २८ कित्ता शेयर

हेर्नुहाेस् तालिका :

DishHome ले ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल दिने | क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको