Like us!
Follow us!
Connect us!
Watch us!

धर्मकला के.सि खड्काको सर्घषमा आरम्भ चौतारी लघुवितको सहकार्य

शुक्रबार, २३ साउन २०७७, १४ : १३ मा प्रकाशित

धर्मकला के.सि खड्काको सर्घषमा आरम्भ चौतारी लघुवितको सहकार्य

दैलेख जिल्ला रावतकोट गाँउपालिका वडा नम्बर १० मा जन्मनु भएकी धर्मकाल के.सि ले आफ्नो पारिबारिक अबस्था र सामाजीक परिस्थितिका कारण घरमै सामान्य साक्षर मात्र बन्ने अवसर पाउनु भएको थियो । उँहाको समग्र बालापन र किश्वर अबस्था जन्म भूमिको उकाली ओराली,मेलापात,घाँस दाउरा गरेरै वित्यो । पढाई नगरी घरकै खेती पातिको काममा आमा बुबालाई सहायोग गर्दै रहुन भएकि धर्मकलाको दैलेखकै दुल्लु नगरपालिकामा २६ बर्षको उमेरमा श्री खड्ग बहादुर खड्कासँग बैबाहिक सम्बन्ध कायम हुन गयो । माईती घरमा जस्तै सामान्य खेतिपाति गर्दै जीबनका अनेकै घुम्ती र बाटोहरु कटाई रहुन भएकि धर्मकलाले समय क्रमसंगै एक छोरा र एक छोरीको आमा हुने सौभाग्य पाउनु भयो ।

नगरपालिका क्षेत्र भए पनि उँहाको घर विकट क्षेत्रको जंगल नजिक थियो । श्रीमान् बेरोजगार हुनु तथा दरिलो आम्दानीको स्रोत नभए पछि बालबच्चाको शिक्षा दिक्षा र लालन पालनमा समस्या सिर्जना हुने कुरा स्वभाविक थियो । त्यस पश्चात उँहाले गाँउमानै ज्याला मजदुरी गरी नँया आम्दानीको बाटो खोजी जिबीकोपार्जन गर्न थाल्नुभयो । यसरीनै जिन्दगीका दुखका सिमा रेखाले बन्दक बनाएपछि बसीरहेको ठाँउ,ब्यवस्था र अबस्था प्रति बितृष्णा पैदा भई रोजी रोटिको खोजिमा गाँउको थोरै जमिन समेत बेच बिखन गरी बि.स २०७० सालमा सुर्खेत जिल्ला विरेन्द्रनगर वडा नम्बर ०२ मा आफन्तको घरमा बस्न थाल्नु भयो ।

धर्मकलाको आर्थिक उपार्जनको बरदान साबित बाख्रा पालन ब्यवसायले पनि हाल आधुनिक बाख्रा पालन ब्यवसायको रुपमा बिकसित हुन थालेको छ । पहिला स्थानीय खरी जातका बाख्राबाट सुरु गर्नु भएको ब्यवसायमा हाल जमुनापारी र बोयर जातका उन्नत प्रजातीका बाख्रा समेत रहेकाछन्  ।

 

त्यसपछी उँहा बाख्रा पालन ब्यावसाय गर्न थाल्नु भयो भने श्रीमान्ले निर्माण मजदुरको रुपमा स्थानीय क्षेत्रमा काम गर्न थाल्नु भयो । सोही आम्दानीबाट आफनै नाममा थोरै जग्गा खरिद गरी सामान्य घर बनाई बस्न थाल्नु भयो । छोरा छोरी पनि क्रमश ठूला हुदै गएर स्कुल स्तरको शिक्षा सपन्न भयो । दैनिक जीबन दुख सुख गरेर छोरा छोरीलाई पनि पढाई रहनु भएकि धर्मकलाको जीबनमा एकासी श्रीमान् बिरामी परी काम गर्न असमर्थ हुनुभयो । श्रीमान्को स्वास्थ्य जाँचगर्दा क्षयरोग लागेको थाहा हुन गयो । यो धर्मकलाको सर्घषपूर्ण जीबनका लागी बज्रपात जस्तै साबित भयो ।

एकातिर छोराछोरीको शिक्षा अर्कोतिर श्रीमान्को औषधी उपचारको जिम्मेवारी नियतीले धर्मकलाको एकल काधमा राखि दियो । श्रीमान्को औषधी उपचार,बालबच्चाको शिक्षा दैनिक घर परिबारको जिम्मेवारी आदी चुनौतिका पहाडहरुले सिर्जना गरेका कठिन घडिहरुको दृढतापूर्वक सामाना गरी रहुन भयो । उँहाको श्रीमान्लाई जती औषधी उपचार गरे पनि स्वास्थ्य ठिक भएन उपचारकै दौरान श्रीमान् परलोक हुनुभयो । श्रीमान्को उपचारको क्रममा सम्पतीका नाममा रहेका बाख्रा पनि उँहाले बिक्रि गरी सक्नु भएको थियो । त्यसै यसै दुख र निराशाको कालो बादलले घेरामा पर्नु भएकि धर्मकलाले बि.स २०७५ सालमा तत्कालिन चौतारी लघुवित्तको बाङ्गेसिमल शाखाद्धारा गठित केन्द्रमा  सदस्य बनेर सर्बप्रथम रु ५,००००/– बिना धितो तर्फको कर्जा ऋण लिई पुरानै बाख्रा पालन ब्यवसाय पुन हात हाल्नु भयो । आफ्नो डुबेको आर्थिक धरालतलाई माथि उक्साने सपना बन्नु र दिन रात मेहनत गर्नुको बिकल्प नभएको उँहामा पसिना लगाबले सही मार्ग पहिल्याउन थाल्यो । सोही ५०,०००/–कर्जाबाट बाख्रा खरिद गरी दिन रात अहोरात्र परिश्रम गर्नु भएकी उँहाले बाख्रा पालन ब्यावसायमा क्रमश सफलता हाशिल गर्नु भयो ।

त्यो सफलताको पृष्ठभूमी सोही लघुवितले प्रदान गर्ने सिपमूलक व्वयसायीक बाख्रा पालन तालिमबाट सरु भयो । संस्थाले प्रदान गरेको तालिमबाट र्धमकलाले बाख्राको प्रजाती,बाख्रालाई आवश्यक आहारा तथा घाँस र बाख्रासंग सम्बन्धीत रोग बारेमा गहिरो ज्ञान प्राप्त गर्नु भयो । वित्तीय संस्थाले प्रदान गर्ने बिना धितोको कर्जा,ब्यवसायीक तालिम,संस्थाले पटक पटक गर्ने सदुपयोगिता निरिक्षण र अभिमुखीकरण,संस्थाका कर्चचारीको उत्प्रेरणा र हौशला आदी निजका लागी बरदान जस्तै साबित भए । धर्मकलाले बाख्रा पालन ब्यवसाय मार्फत प्राप्त आम्दानीबाट नै छोरीलाई २०७५ सालबाट सि.एम.ए पढाउन सुरु गर्नु भयो ।

आम्दानीको स्रोतको रुपमा बाख्रा पालन ब्यवसाय पछि थप हिम्मतीले बन्नु भएकि उनले त्यस पछि छोरालाई समेत रोजगारीको खोेजिका लागी बाहिर पठाउन थाल्नभयो । त्यस पश्चात सोही आम्दानी र आत्मबलको परिमाण स्वरुप छोरा पनि भारतीय सैनिकमा भर्ति हुन सफल हुनुभयो । हाल छोरीको अध्ययन समेत राम्ररी चल्नुका साथै छोरा पनि रोजगार भएकाछन् । धर्मकलाको आर्थिक उपार्जनको बरदान साबित बाख्रा पालन ब्यवसायले पनि हाल आधुनिक बाख्रा पालन ब्यवसायको रुपमा बिकसित हुन थालेको छ । पहिला स्थानीय खरी जातका बाख्राबाट सुरु गर्नु भएको ब्यवसायमा हाल जमुनापारी र बोयर जातका उन्नत प्रजातीका बाख्रा समेत रहेकाछन्  । हाल आधुनिक बाख्रा पालनका लागी ब्यवसायीक प्रकृतिको खोर निर्माणमा लाग्नु भएकि धर्मकलाले दुई जनालाई प्रत्यक्ष रोजगारी समेत दिएकिछन् ।

उनले बाख्रा पालन ब्यवसायबाट आर्जन गरेको रकमबाट हालको आरम्भ चौतारी लघुवित्तमा मनग्य बचत पनि गर्नु भएको छ । धर्मकलाले आफ्नो दुखद र सर्घषसिल जीबनका कारण बाख्रा पालनमा लागी सफल कृषक मात्र बन्नु भएको छैन उँहा जस्तै समय चक्रको खेलबाट दुखको परिबन्दमा परेका हजारौ आमा दिदी बहिनीहरुको प्रेरणाको स्रोत पनि बन्नु भएको छ । पहिल्य एक हजार पैशा सापटी अरु व्यक्तिबाट पाउन मुस्किल पर्ने धर्मकलाको जीबनमा आरम्भ चौतारी लघुवित्तको बिना धितो तर्फको कर्जाले जीबनमा अविस्मरणीय योगदान गरी दैनिक गुजाराबाट समृद्धिको बाटो तर्फ अगाडी बढ्न सहयोग गरेको छ । पसिना मेहनतले काय पलट गरेको धर्मकलाको जीबनको बास्तबिकता पनि उनको नाम जस्तै धर्म,सेवा र ब्यावसायीक कलाले भरिएको छ । भगवानमा समेत आस्था राख्ने उनले आफ्नो सर्घषको कहानीको बिट मार्दै भनिन् भगवानले पनि भन्छन् अरे ईच्छा गर म ब्यवस्थापन मिलाई दिन्छु । 

DishHome ले ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल दिने | क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको