Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज बीच सम्झौता

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १७ : १९ मा प्रकाशित

नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज बीच सम्झौता

अर्थ संसार, काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेड र सोल्टी इन्टरप्राइजेज  प्राइभेट लिमिटेड बीच छुट सम्बन्धी सम्झौता भएकाे छ ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरूलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेंड प्रिमियर,नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको हाे ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक  तथा प्रमूख कार्यकारी अधिकृत अनुकूल भटनागर तथा, सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेण्ट सुदर्शन चापागाईका बीच बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा सोल्टी इन्टरप्राइजेजका कम्पनी सचिव मूक्ति श्रेष्ठको उपस्थिति सम्पन्न भएकाे हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको