Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचिकृत सबैभन्दा महँगा १० कम्पनीको शेयर (भिडियोसहित)

निशा हुमाँगाई

शनिबार, २४ साउन २०७७, ०६ : ४६ मा प्रकाशित

नेप्सेमा सूचिकृत सबैभन्दा महँगा १० कम्पनीको शेयर (भिडियोसहित)

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ सय भन्दा धेरै विभिन्न प्रकारका कम्पनीहरू सूचिकृत छन् । तीमध्ये केही कम्पनीकाे शेयरमूल्य एकदमै सस्ताे छ भने केही कम्पनीकाे शेयरमूल्य एकदमै महँगाे ।

भिडियो पनि :

श्रावण २२ गते बिहीबार अनुसार नेप्सेमा सूचिकृत सबैभन्दा महँगा १० कम्पनीको शेयर यस प्रकारकाे छ :

१. युनिलिभर नेपाल लिमिटेड :

उत्पादन समूहमा रही यस कम्पनीले 'UNL' संकेतमा काराेबार गर्दछ ।  श्रावण २२ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता १९ हजार २ सय १० रूपैयाँ रहेकाे छ ।

२. राष्ट्रिय बीमा कम्पनी लिमिटेड :

इन्स्याेरेन्स समूहमा रही यस कम्पनीले 'RBCL' संकेतमा काराेबार गर्दछ । श्रावण २२ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९ हजार १ सय ८० रूपैयाँ रहेकाे छ ।

३. राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमाेटर शेयर :

इन्स्याेरेन्स समूहमा रही यस कम्पनीले 'RBCLPO' संकेतमा काराेबार गर्दछ ।  श्रावण २२ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ७ हजार ७ सय ९६ रूपैयाँ रहेकाे छ ।

४. बोटलर्स नेपाल (तराई) लिमिटेड :

उत्पादन समूहमा रही यस कम्पनीले 'BNT' संकेतमा काराेबार गर्दछ ।  श्रावण २२ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ६ हजार ३ सय २९ रूपैयाँ रहेकाे छ ।

५. साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड :

व्यापार समूहमा रही यस कम्पनीले 'STC' संकेतमा काराेबार गर्दछ ।  श्रावण २२ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता २ हजार ६ सय ५५ रूपैयाँ रहेकाे छ ।

६. नागरिक लगानी कोष :

अन्य समूहमा रही यस कम्पनीले 'CIT' संकेतमा काराेबार गर्दछ ।  श्रावण २२ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता २ हजार ४ सय ९० रूपैयाँ रहेकाे छ ।

७. हिमालयन डिष्टिलरी लिमिटेड :

उत्पादन समूहमा रही यस कम्पनीले 'HDL' संकेतमा काराेबार गर्दछ ।  श्रावण २२ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता १ हजार ६ सय ४४ रूपैयाँ रहेकाे छ ।

८. नेशनल माइक्राेफाइनान्स वित्तिय सस्था लिमिटेड :

लघुवित्त समूहमा रही यस संस्थाले 'NMFBS' संकेतमा काराेबार गर्दछ ।  श्रावण २२ गते बिहीबारका अनुसार संस्थाकाे शेयरमूल्य प्रतिकित्ता १ हजार ५ सय ६६ रूपैयाँ रहेकाे छ ।

९. विशाल बजार कम्पनी लिमिटेड :

व्यापार समूहमा रही यस कम्पनीले 'BBC' संकेतमा काराेबार गर्दछ ।  श्रावण २२ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता १ हजार ५ सय ४० रूपैयाँ रहेकाे छ ।

१०. फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड :

लघुवित्त समूहमा रही यस संस्थाले 'FOWAD' संकेतमा काराेबार गर्दछ ।  श्रावण २२ गते बिहीबारका अनुसार संस्थाकाे शेयरमूल्य प्रतिकित्ता १ हजार ५ सय १७ रूपैयाँ रहेकाे छ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको