Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, २६ साउन २०७७, ०९ : ०५ मा प्रकाशित

सिद्धार्थ बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं-  सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण  सोमबार सार्वजनिक गरेको छ । वितरण विवरण अनुसार बैंकले असार मसान्तसम्म २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 अघिल्लो वर्ष यस बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । नाफा अघिल्लो वर्षको भन्दा ७.३० प्रतिशतले थोरै हो ।बैंकको खुद ब्याज आम्दानी भने १९।७२ प्रतिशतले बढ्दा सञ्चालन नाफा ६.६४ प्रतिशतले घटेको छ ।

सिद्धार्थको वितरणयोग्य नाफा भने ८६ करोड ६४ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको भन्दा ४५'५४ प्रतिशतले थोरै हो । बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः २१.५० प्रतिशत र १७.८२ प्रतिशत ले बढाउन सफल भएको छ ।रिजर्भ कोषमा ५ अर्ब २४ करोड रुपैयाँ छ । असारसम्म यसको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

 चौथो त्रैमाससम्म आइपुग्दा सिद्धार्थको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २१ पैसाले घटेर २१ रुपैयाँ ३८ पैसामा आएको छ । यसको प्रति शेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा रहेको छ । 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको