Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङबीच डिजिटल रेमिट्यान्स् सम्झौता

अर्थ संसार

सोमबार, २६ साउन २०७७, १० : २२ मा प्रकाशित

इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङबीच डिजिटल रेमिट्यान्स् सम्झौता

अर्थ संसार, काठमाडौं– बहराईनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (BFC) र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसी (BFC) को ५५ वटा शाखाहरु साथै BFC Bahrain App बाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेट (eSewa ID)मा पैसा पठाउन सक्नेछन् ।

नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट (eSewa ID)मा प्राप्त गर्दा ग्राहकलाई रु ५५ क्यास ब्याक अफर पनि दिइएको छ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।

इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताउनु भयो ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको