अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजारमा राम्रै माहाेल छाएकाे छ । साेमबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ३७.७४ अंकले बढेर एक हजार ४३०.४१ मा पुगेकाे छ । नेप्से २.७१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अंकले बढेर २९८.६४ मा पुगेको छ ।
कूल १८९ वटा कम्पनीकाे ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९ सय २३ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस