Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ भोली बाँडफाँड हुने संकेत !

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १७ : २६ मा प्रकाशित

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ भोली बाँडफाँड हुने संकेत !

अर्थ संसार, काठमाडौं - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्कासन गरेकाे साधारण शेयर (आइपिओ) भाेली (मंगलबार) बाँडफाँड हुने संकेत देखिएकाे छ ।

उक्त आइपिओकाे प्रि–अलोटमेण्ट हिजाे आइतबार नै सम्पन्न भएकाले भाेली (मंगलबार) बाँडफाँड हुने संकेत देखिएकाे हाे । निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलले नेपाल धितोपत्र बोर्डसँग बाँडफाँडका लागि स्वीकृति मागेको छ । बोर्डको स्वीकृति प्राप्त भएमा मंगलबार नै बाँडफाँड हुनेछ ।

कम्पनीले निष्कासन गरेकाे आइपीओमा ४ लाख २८ हजार १ सय ५३ जना आवेदकले ६५ लाख ६७ हजार ६ सय कित्ताको लागि आवेदन  दिएका छन् । जुन मागभन्दा ५ दशमलव २४ गुणा बढी हाे ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२  कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । 

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेकाे छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको