Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका शेयरधनी भए मालामाल !

अर्थ संसार

सोमबार, २६ साउन २०७७, १८ : २५ मा प्रकाशित

यी १० कम्पनीका शेयरधनी भए मालामाल !

अर्थ संसार, काठमाडौं– धितोपत्र बजारमा सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर २९८.६४ पुगेको छ ।

 बढेको बजारमा साधना लद्युवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स लिमिटेड, घोडीघोडा लद्युवित्त वित्तीय संस्था,  एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड, सांग्रिला डेभलपमेनट बैंक, आरम्भ चौतारी लद्युवित्त वित्तीय संस्था लिमिटेड, विजय लद्युवित्त वित्तीय संस्था, आरएमडिसी लद्युवित्त वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स कम्प्नी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शेयरधनीले सवै भन्दा धेरै कमाएका छन् ।

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ बाँडफाँडको जुर्यो साइत ! 

 कुल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर रु एक अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ मध्ये एक उपसमूहको शेयर मात्र ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ अङ्कले ओरालो लाग्दा बैंकिङ ३२.९३, व्यापार १०।१४, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत् २३.२३, वित्त ७.६७, निर्जीबन बीमा २८३.०८, उत्पादन ५४.८६, अन्य १२.६३, लघुवित्त ७१.५७ र जीवन बीमा २२३.१५ अङ्कले उकालो लागे ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको