अर्थ संसार, काठमाडौं - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्कासन गरेको साधारण शेयर (आइपिओ) आज (मंगलबर) बाँडफाँड हुँदैछ । आइपिओ बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलको कार्यालय नक्सालमा बाँडफाँड हुने बताइएकाे छ ।
उक्त आइपिओको प्रि–अलोटमेण्ट आइतबार सम्पन्न भएको थियो । कम्पनीले निष्कासन गरेको आइपीओमा ४ लाख २८ हजार १ सय ५३ जना आवेदकले ६५ लाख ६७ हजार ६ सय कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ५ दशमलव २४ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस