Like us!
Follow us!
Connect us!
Watch us!

रितुले छाडेपछि मिलनका आँखा रसाए (भिडियो)

अर्थ संसार

विहीबार, २९ साउन २०७७, ०७ : ४२ मा प्रकाशित

रितुले छाडेपछि मिलनका आँखा रसाए (भिडियो)

अर्थ संसार, काठमाडौं–कुसुम मिडिया क्रियशन प्राइभेट लिमिटेडले  नयाँ प्रस्तुती स्वरूप ‘तिमी बिना’ नामक गीत दर्शक श्रोता सामु लिएर आएको छ।  युवा गायक रुबेन अवालेको आवाज रहेकाे उक्त गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रोशिकले निर्देशन गरेको गीतमा  प्रेम बियोगलाई  भिडियो कथामा देखाउन खोजिएको छ ।

मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको “तिमी  बिना”मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको वेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछ्याई रहेको वर्तमानको दृश्यहरु भिडियोमा अटाउन खोजिएको छ।

भिडियाेमा मिलन खड्काकाे भावनात्मक प्रस्तुतीलाई समेटिएकाे छ । विगतसँग आफ्नाे वर्तमानलाई तुलना गर्दै दैनिकी गुजारा गरिरहेका खड्काकाे प्रस्तुती यथार्थपरक छ ।

युवा पुस्तामा हुने गरेका प्रेम बिलाप पछिको पिडालाई गायक रुबेन अवालेले लेख्ने कोसिस गरेका छन् ।  गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका छन् भने  सङ्गीत सोल साउण्डको र  साउन्ड मिक्सिङ्ग भने जोल मुक्तानले गरेका छन् ।

भिडियोको प्रोडक्सन व्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी  छिन् भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दैछन्।

हेर्नुहोस् भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको