Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको नाफा घट्यो, अन्य सूचकमा कस्तो असर ?

अर्थ संसार

शुक्रबार, ३० साउन २०७७, ११ : १४ मा प्रकाशित

नेपाल बंगलादेश बैंकको नाफा घट्यो, अन्य सूचकमा कस्तो असर ?

अर्थ संसार, काठमाडौं–  नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ नाफा घटेको वित्तीय विवरण सार्वजनि गरेको छ । बैंक गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ ।

यो गत वर्षको भन्दा २१.६२ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष यसले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा पनि ५६।८० प्रतिशतले घटेर ४४ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष वितरण योग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । बैंकले निक्षेप संकलन १२।५३ प्रतिशतर कर्जा लगानी ११.८२ प्रतिशतले बढाउन सफल भएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात पनि १.१५प्रतिशतले २.८९प्रतिशत पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २.१२ प्रतिशत र २०/७५५ ले घटेको छ । असार मसान्तसम्म आइपुदा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको