Like us!
Follow us!
Connect us!
Watch us!

बधाई छ  ! ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त

अर्थ संसार

शुक्रबार, ३० साउन २०७७, २१ : ०४ मा प्रकाशित

बधाई छ  ! ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त

अर्थ संसार, काठमाडौं- नीजि क्षेत्रको सवै भन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्।

बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले बज्राचार्यलाई चार वर्षका लागि नियुक्त गरेको हो। बज्राचार्यले भदौ १ गते  कार्यभार सम्हाल्ने छन् ।

उनी दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्। पहिलो पटक ग्लोबल बैंकको नेतृत्व सम्हाल्दा मर्जरपछिको कर्मचारी व्यवस्थापन सफल बनाएका थिए।

यसअघि उनी चार वर्षे कार्यकाल पूरा गरेर सनराइज बैंकबाट वाहिरिएका थिए। त्यसै गरी बज्राचार्य एनसिसी बैंकमा पनि सिइओ भइसकेका छन्। नेपाल राष्ट्र बैंकमा २० बर्ष काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।

बिस्कृत जानकारीको लागि भिडियो हेर्नुहोला ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

 
 
 

>

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको