Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको नाफा ३ अर्ब ४६ करोड, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, ३२ साउन २०७७, १० : २५ मा प्रकाशित

कृषि विकास बैंकको नाफा ३ अर्ब ४६ करोड, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं– कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सोही अवधिमा  अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।  अघिल्लो बर्षको तुलनामा गत वर्ष आम्दानी घटेको छ ।

कृषि विकास बैंकले गत आर्थिक् वर्षमा एक अर्ब ६६ करोड रुपैयाँ वितरण योग्य मुनाफा कमाएको देखिन्छ । १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ११.०८ प्रतिशत लाभांश दिन सक्छ । बैंकले निक्षेप संकलन र कर्जा लगानीमा भने व्यापक मात्रामा वृद्धि गरेको देखिन्छ । आव २०७५.६६ मा ११८ अर्ब निक्षेप संकलन गरेको बैंकले गत आवमा त्यसलाई बढाएर १४३ अर्ब पुर्याएको छ ।

त्यस्तै, कर्जा लगानी पनि १०८ अर्बबाट बढाएर १२३ अर्ब पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी भने ६ अर्ब २३ करोड रुपैयाँ छ । १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

बैंकको स्प्रेड दर ४.४४ प्रतिशत, आधार ब्याजदर ९.२६ प्रतिशत, सीडी रेसियो ६६.३१ प्रतिशत, कस्ट अफ फण्ड ६.४० प्रतिशत रहेको छ । बैंकको खराब कर्जा पनि ३.२९ प्रतिशतबाट घटेर २.७१ प्रतिशतमा झरेको छ ।

प्रति शेयर आम्दानी ३२.८८ रुपैयाँ रहेको बैंकको प्रति शेयर खुद मूल्य २३७.५४ रुपैयाँ छ ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको