धितोपत्र निष्काशन भएको कम्पनीहरुको प्राथमिक शेयर जारि गर्दा बुक बिल्डिङ्ग प्रणालीबाट जारि गर्ने नियम लागूपछि प्राथमिक शेयर (आइपिओ) बजार पनि ठूला लगानीकर्ताहरुकोे पोल्टामा जाने हो कि भनेर कतिपय शेयर लगानीकर्ताहरु चिन्तित भएका छन् ।
अब के प्राथमिक शेयरहरु रु १ सयमा नपाउने नै भयो कि भन्ने पनि कति पयलगानीकताहरुको भर्नाइ रहेका छ । नियामक निकायहरुले बेला बेलामा नीति नियमहरु परिवर्तन गरिरहेको कारणले कतिपयलाई भ्रमहुने, समस्यामा पर्ने गरेका छन् । केहि बर्ष पहिले नेपाल धितोपत्र बोर्डले सानालगानीकर्ताहरुको पहुँच शेयरबजारमा पुग्योस,साना लगानीकर्ताहरुले पनि कम्तिमा १० कित्ताको भएपनि शेयरधनी बनोस भनेर नियम ल्याएको हुनु पर्छ । यसले शेयरबजारमा लगानीकर्ताहरुको सख्या बढाउनुको साथै प्राथमिक बजारको दायरा बढाएको नै हो भन्दा फरक नपर्ला ।
नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर निष्काशनमा १० कित्ते नीति लागूगरेपछि लगानीकर्तहरुको पहूँचमा सहभागिता शेयरबजारमा बढेको देखिन्छ । १० कित्ते नीतिले गर्दा कनै पनि कम्पनीको प्राथमिक शेयर जारि गर्दा कम्तिमा १० कित्ता शेयर पाउने र बाँडफाँडमा पनि सबैलाइ १० कित्ताको हिसाबले बाँडफाँड गरिने नीतिले गर्दा साना लगानीकर्ताहरुको पहूँच प्राथमिक बजारमा बढेको देखिन्छ ।
प्राथमिक शेयरमा आबेदन गर्न न्यूनतम १ हजार भएपुग्ने र १० कित्ता शेयर पनि पाउने सम्भावना पनि अधिक रहने कारणले साना लगानीकर्ताहरु हौसिएका सराकारवालाहरुको भनाइ रहेका छन् । पछिल्लो समयमा प्राथमिक शेयर खरिदमा आबेदनदिनेहरु पनि बढेको देखिन्छ ।
Book Building System मा लगानीकर्ताको यस्तो भनाई | Radha Pokharel & Nayan Bastola
प्राथमिक शेयर खरिदमा आबेदन दिनेको सख्या ५ लाख भन्दा बढि रहेको देखिन्छ । यो १० कित्ते नीतिको कारणले हो । तर, पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ्ग प्रणाली लगाू गर्ने भएकोले बुक बिल्डिङ्ग प्रणालीबाट प्राथमिक शेयर खरिदमा आबेदन दिँदा न्यूनतम ५० कित्ताको लागि आबेदन दिनु पर्ने र न्यूनतम ५० कित्ताको दरले नै शेयर पाउने बताउँछन सरोकारवालाहरु । यसले गर्दा कतिपय लगानीकर्ताहरुले १० कित्ता भएपनि आबेदन दिन सक्नेबाट बन्चित हुने भए भनेर चिन्तित पनि बनेका छन । कतिपय लगानीकर्ताहरु बुक बिल्डिङ्ग प्रणालिबाट शेयर खरिद गर्दा रु एक सयमा नपाउने भनाइ पनि रहेका छन ।
बुक बिल्डिङ्ग प्रणालीले ठूला ठूला राम्रा कम्पनीहरुको प्राथमिक बजार पनि ठूलाबढा लगानीकर्ताहरुको पोल्टामा जाने भयो भनेर पनि चर्चा चलेका छन् । त्यसोत बुक बिल्डीङ्ग प्रणालीबाट शेयर निष्काशन गर्ने कम्पनीहरुको लागि केहि मापदण्डहरु पनि निर्धारण गरिएको छ नियामक निकायले ।
नियामक निकायले लागू गरेको मापदण्डमा परेका कम्पनीहरुले मात्र प्राथमिक शेयर निष्काशन गर्दा बुक बिल्डिङ्ग प्रणालिले पाथमिक शेयर जारि गर्न पाउछ भने बुक बिल्डिङ्गबाट प्राथमिक शेयर जारि गर्ने कम्पनीहरुको शेयर लगानिकर्ताहरुले रु सयमा पाउने सम्भावना नरहने देखिन्छ ।
बुक बिल्डिङ्गमा आइपिओ जारि गर्ने कम्पनीहरु ३ बर्षदेखि निरन्तर नाफामा गएको त्यसैगरि कम्पनीको प्रति शेयर नेटवर्थ चुक्तापुँजीको १५० प्रतिशत हुनुनपर्ने, रेटिङ्गमा पनि औसत भन्दामाथि हुनु पर्ने लगायतको मापदण्डमा नपर्ने कम्पनीहरुले बुक बल्डिङ्गबाट प्राथमिक शेयर निष्काशन गर्न पाउने छैन । यसकारणले पनि बुक बिल्डिङ्ग प्रणालि लगाू भएपनि सबै कम्पनिहरुको प्राथमिक शेयर बुक बिल्डिङ्ग प्रणालिबाट निष्काशन हुने भने होइन ।
ठूला ठूला नाम चलेका कम्पनीहरु र उत्पादन मूलक कम्पनीहरुलाई पनि पूँजीबजारमा ल्याउनको लागि यो नीति अबलम्बन गरेको भन्ने पनि चर्चा छ ।
अब 100 रुपैयाँमा IPO किन्ने दिन गए | बुक बिल्डिङ्ग भनेको के हो ? सम्पूर्ण जानकारी | Lilanath Ghimire
शेयर बजारमा कु बिल्डिङ्ग लागू हुने भएपछि शेयर बजारमा लगानीकर्ताहरु बिच र सामाजिक संजालहरुमा सकारात्मक नकारात्मक चर्चाहरु भए । केहि लगानीकर्ताहरुको भनाइमा १० कित्ते नीति ठिक नभएको भनाइ रहेका छन् भने कतिपयको भनाइमा यसले साना लगानीकर्ताहरुलाई प्राथमिक बजारमा पहुँचको एक हजारमा नै कम्पनीको हिस्सेदार शेयरधनी बन्न पाएको भन्ने पनि भनाइ रहेका छन । कतिले यसले दोश्रो बजारमापनि लगानीकर्ताहरु जोडिन पुगेको पाथमिक बजारमा ठूलाबडा लगानीकर्ताहरुको एकाधिकार कम गरेको भनाइ कतिपय लगानीकर्ताहरको भनाइ रहेका छन् ।
तर, कतिपय लगानीकर्ताहरुको भनाइमा १० कित्ते नीति ठिक नभएको भन्ने पनि रहेका छन । कतिपयको भनाइमा १० कित्ते नीतिले बोरा प्रबृतिलाई प्रोत्साहन गरेको अरुको नागरिकता संकलन गरेर अरुको बैंक र डिम्याट खाता प्रयोग गर्ने गरेको पनि बताउँछन । तर अहिलेको डिजिटलाइजको जमानामा र सबै बैंक मार्फत हुने भएकोले यो बोरा चर्चा मात्रै हो भन्ने पनिनाइ रहेका छन ।
त्यसोत कुनै पनि नीति नियमहरु कसैलाई राम्रो लाग्छ त कसैलाइ बेठिक लाग्न सक्छ । यो ब्यक्तिब्यक्तिमा भर पर्ने हो भन्दापनि फरक नपर्ला । एक जना धितोपत्र बोर्डको अध्यक्षलाई राम्रो लाग्यो ठिक लाग्यो १० कित्ते नीति लागू गर्यो, अर्को आएको धितोपत्रबोर्डको अध्यक्षलाइ ठिक लागेन बेठिक लाग्यो होला । तर, पनि कुनै पनि नीति नियमहरु लागू गर्दा अधिकांश लगानीकर्ताहरु र सम्बन्धित सरोकारवालाहरुसंगको भनाइलाई पनि मनन् गर्नु पर्ने हुन्छ ।
अहिलेको सेबोनको अध्यक्ष ठूलाबडा लगानीकर्ताहरुको दवाबमा परेर बुक बिल्डिङ्ग प्रणाली छिटो लागू गरेको भनेर पनिभन्ने गरेका छन । त्यसोत सेबोनको अध्यक्ष भिष्मराज ढुंगाना सेबोनको अध्यक्ष भए देखि नै १० कित्ते नीति ठिक नभएको भन्ने आइरहेका छन् । नियामक निकायहरुले कुनै पनि नीति नियम लागू गर्दा वा बनाउँदा सम्बन्धित सरोकारवालाहरुसँग सर सल्लाह सुझाव र छलफल गरेर निणर्य गर्न पर्ने हुन्छ । यदि सिमित ब्यक्ति समूहकोे स्वार्थको लागि नीति नियम लाद्नु गलत हो भनेर भन्नु पर्ने हुन्छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस