Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्त पँचौ वर्षमा प्रवेश

अर्थ संसार

बुधबार, १७ भदौ २०७७, १० : ५४ मा प्रकाशित

आशा लघुवित्त पँचौ वर्षमा प्रवेश

अर्थ संसार, काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि चौंथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ ।

चौंथो बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश मार्फत वित्तीय संस्थाकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले वित्तीय संस्थाले चौंथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेकोमा खुशीब्यक्त गर्दै संस्थालाई यस उचाईमा ल्याउनका लागी प्रत्यक्षअप्रत्यक्षरुपमा सहयोग पुर्याउनु हुने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु,ग्राहक सदस्यहरु, कर्मठकर्मचारीहरु लगायत स्थानिय समुदायलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा ब्यक्त गर्नु भएको छ ।

नेपाल राष्ट्र बैंकबाटघ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्तवित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथककनी–६, नुवाकोटमा केन्द्रीयकार्यालय स्थापना गरी २०७३भाद्र १५ गतेबाटकारोबार शुरु गरेको हो ।हाल संस्थाले आफ्ना ५५ वटा शाखाकायालयहरु मार्फत ५६हजार भन्दाबढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै रु. २ अर्ब ३९ करोड भन्दा बढिकर्जा प्रवाहगर्नुका साथै ८१ करोड निक्षेप संकलन गरेको छ ।
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको