Like us!
Follow us!
Connect us!
Watch us!

JCB खरिदमा अब सहज वित्तीय सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता

अर्थ संसार

विहीबार, ०४ असार २०८३, १३ : १८ मा प्रकाशित

JCB खरिदमा अब सहज वित्तीय सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता

नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एम.ए.डब्लु.अर्थमुभर्स प्रालि (JCB Division) र एभरेष्ट बैंक लिमिटेडबीच JCB  का ग्राहकलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा एम.ए.डब्लु.अर्थमुभर्स प्रालिका तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट विनय खनाल ले हस्ताक्षर गरेका छन् ।

यस रणनीतिक सहकार्यअन्तर्गत JCB लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकले एभरेष्ट बैंक लिमिटेडका देशभर रहेका शाखामार्फत सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। यस व्यवस्थाअनुसार ग्राहकहरूले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा (Finance Facility)  प्राप्त गर्न सक्नेछन्।त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई थप सरल, छरितो तथा ग्राहकमैत्री बनाउने उद्देश्यले आवश्यक सम्पूर्ण कागजातहरू पेश गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्यदिनभित्र डेलिभरी अर्डर  जारी गरिने व्यवस्था गरिएको छ। यसले ग्राहकलाई समयमै उपकरण प्राप्त गर्न तथा व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस समझदारीले एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंकबीचको व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई आवश्यक उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ। वित्तीय प्रक्रियामा हुने झन्झट तथा समयको बचत गर्दै ग्राहकहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउन यो सहकार्य महत्वपूर्ण साबित हुने विश्वास गरिएको छ।

एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंक दुवैले ग्राहकको सुविधा, सन्तुष्टि तथा व्यवसायिक वृद्धिलाई केन्द्रमा राख्दै आगामी दिनमा समेत नवीन तथा ग्राहकमुखी सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो सहकार्यले नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा थप सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको