अर्थ संसार, काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले साधारण सभा गर्ने स्थान परिवर्तन गरेको छ ।
कम्पनीले भदौ २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज पर्सामा गर्ने भनेको साधारण सभा होटल इच्छा प्राइभेट लिमिटेड सिमरा बारामा गर्ने निर्णय गरेको छ । कम्पनीले यसपटक लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीका अनुसार नियामक निकायको व्यवस्था अनुसार एनएफआरएस प्रणाली अन्तर्गत वित्तीय विवरण तयार गर्दा जगेडा कोष तथा अन्य व्यस्थाहरु कायम गनुपर्ने भएकाले लाभांश दिन नसकिने अवस्था आएको हो ।
साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले भदौ १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्न मिति तोकेको थियो । भदौ ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस