Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितिद्वारा कोरोना बिमा मादपण्ड संशोधन !

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १४ : २५ मा प्रकाशित

बीमा समितिद्वारा कोरोना बिमा मादपण्ड संशोधन !

अर्थ संसार, काठमाडौँ - कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना (COVID-19) बीमालेख संशोधन भएको छ । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना (COVID-19) बीमालेख संशोधन गर्दै बीमा कम्पनीहरुलाई निजी ल्याबमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा पनि दाबी भुक्तानी गर्न निर्देशन दिएको छ ।

यसअघि, समितिले केही निजी ल्याबहरुले नेगेटिभ देखिएका बिरामीहरुलाई पनि पोजेटिभ भएको भन्दै रिपोर्ट बुझाएर भुक्तानी दाबी गरेको भन्दै सरकारी ल्याबबाट परिक्षण गरेकालाई मात्र कोरोना बिमा दाबी भुक्तानी दिन निर्देशन दिएको थियो । 

यसको चौतर्फी विरोध भएपछि  बिमा समितिले २१ साउनमा जारी गरेको कोरोना बिमा मादपण्ड संशोधन गरेको हो ।

समितिले संशोधन गरेको मापदण्डअनुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरूबाट पिसिआर परीक्षण रिपोर्ट पेस गर्न सकिनेछ। 


 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको