Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १० : ३५ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै

अर्थ संसार, काठमाडौँ -  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । कम्पनीले कम्पनीमा रहेकाे लगानीयाेग्य रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे हो । 

कम्पनीले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क' वर्गका बैंकमा एकदेखि दुई वर्षे अवधिका लागि लगानी गर्न लागेकाे जानकारी दिएकाे छ । 

इच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर असाेज ५ गते साेमबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन कम्पनीले आग्रह गरेको छ । 

कम्पनीले जारी गरेको सूचना हेर्नुहोस्:

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको