Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिकी छोरी निशाकुसुमको आइतबार टिकाटालो,  पूर्वराष्ट्रपतिका नाति अभिशेकसँग हुँदैछ विवाह

शनिबार, २९ असोज २०७३, २१ : ३५ मा प्रकाशित

राष्ट्रपतिकी छोरी निशाकुसुमको आइतबार टिकाटालो, 
पूर्वराष्ट्रपतिका नाति अभिशेकसँग हुँदैछ विवाह

अर्थ संसार
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको आइतबार टिकाटालो हुने भएको छ । निशाकुसुमको निवर्तमान राष्ट्रपति डा. रामवरण यादवका नाति कांग्रेस सभासद् किरण यादवका छोरा अभिषेक यादवसँग हुने भएको हो । 

दुवैको टिकाटालो विहान ९ बजे शितलनिवासमा हुने स्रोतले बताएको छ । किरण यादव निवर्तमान राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् ।  निशाकुसुम र अभिशेकले एक अर्कालाई आफैंले रोजेका हुन् । उनीहरू स्कुल पढ्दादेखिकै साथी हुन् ।

अभिशेक र निशाकुसुम बुढानीलकण्ठ स्कुलमा सँगै पढेका हुन् । बुढानीलकण्ठमा अध्ययन गर्दैगर्दा उनीहरू नजिकिएका थिए । अभिशेकले बेलायत सरकारको चिभेनिङ छात्रवृत्तिमा लन्डनको युनिभर्सिटी कलेज लन्डनमा ‘इकोनोमिक्स एन्ड पोलिसी अफ इनर्जी एन्ड द इन्भाइरोमेन्टमा पढिरहेका छन् ।

यसअघि उनले सानिमा हाइड्रोमा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गरेका थिए । २७ वर्षीय निशाकुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छिन् । उनले काठमाडौंस्थित वीर अस्पतालबाट इन्टर्नसमेत गरकी थिइन् । 

अभिषेककी आमा किरण पहिलो संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सभासद् थिइन । दोस्रो संविधानसभामा महोत्तरी–२ बाट ७ हजार ३ सय ५६ मत ल्याएर विजयी भएकी यादवले पद्मकन्या कलेजबाट अर्थशास्त्रमा स्नातक गरेकी छिन् । 

दुवैको टिकाटालोमा सीमित ब्यक्तिलाई मात्र निम्त्याइएको छ । स्रोतका अनुसार केही एमाले नेताहरु र राष्ट्रपतिका आफन्तमात्र टिकाटालोमा सहभागी हुने छन् । विवाहको मिति भने तय भइसकेको छैन । तत्कालीन एमाले महासचिव मदन भण्डारी र राष्ट्रपति विद्यादेवीका दुई छोरी छन् । जेठी छोरी उषाकिरणको विवाह भइसकेको छ ।  
 

580251f9784ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको